+
+

कृष्णाष्टमीको अवसरमा थाहा नगरपालिकामा महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १५:२६

९ भदौ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिकामा महोत्सव हुने भएको छ ।

कृष्णजन्माष्टमीको अवसरमा सोमबार शिखरकोट बजारमा खाना महोत्सव, लोकदोहोरी, घैंटो फुटाई, बालबालिकाको राधाकृष्ण र लाखेनाच प्रतियोगिता हुन लागेको हो ।

थाहा नगरको मुख्य बजार शिखरकोटमा २०५४ सालदेखि कृष्णाष्टमीको अवसरमा विशेष कार्यक्रम हुँदै आएको छ ।

शिखरकोट बजार व्यवस्थापन समिति र शिखर क्लबको आयोजना तथा गोपाली गाउँको नेवारी संस्कृतिको साँस्कृतिक सहयोगमा यस वर्ष महोत्सव हुन लागेको हो ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बजार व्यवस्थापन समिति अध्यक्ष मनोज रायमाझीले जानकारी दिए ।

१० भदौमा कृष्ण मन्दिरमा पूजाआजा सहित लिटल राधाकृष्ण प्रतियोगिता सहित लिटल लाखे, धिमे बाजा र तामाङ ढ्याङ्ग्रो झाँकी सहित महिला पञ्चेबाजा र खैंजडी भजन प्रदर्शनी हुनेछ ।

१० भदौको ३ बजेपछि लाइभ दोहोरी र खाना महोत्सव हुनेछ । भदौ ११ गते साँस्कृतिक कार्यक्रम हुनेछ र दिउँसो १ बजेबाट घैंटो फुटाउने प्रतियोगिता हुनेछ । त्यसपछि श्रीकृष्णको रथयात्रा प्रारम्भ भएर जात्रा समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?