+
+

बार एशोसिएसन विरुद्धको रिट दर्ता गर्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १५:३२

९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल बार एशोसिएसन समावेशी नभएको भनी पेश भएको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ ।

पेशागत संगठनभित्रको समावेशीकरणको विषय जोडिएको निवेदन दर्ता गर्न नमिल्ने भन्दै सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता (दरपीठ) गर्न अस्वीकार गरेको थियो ।

अधिवक्ता सविता विमलीले दरपीठको आदेश विरुद्ध सर्वोच्च अदालतमै निवेदन दिएकी थिइन् । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो ।

राज्यको जस्तै चरित्र ग्रहण गरेका संघसंस्थालाई हेर्ने दृष्टिकोण परिवर्तन भएको भन्दै सर्वोच्च अदालतले निवेदन दर्ता गर्न आदेश दिएको हो ।

उनले रिट निवेदनमा नेपाल बार एशोसिएसनमा महिला र अरु समुदायको समानुपातिक प्रतिनिधित्व र समावेशीकरण हुन नसकेको भन्दै समावेशी बनाउन आदेश माग गर्दै रिट दर्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?