+

भलिबलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त

२०८१ भदौ  ९ गते १५:५९ २०८१ भदौ ९ गते १५:५९
भलिबलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त

९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भलिबल मुख्य प्रशिक्षकमा जगदीश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गरेका हुन् ।

भलिबलको मुख्य प्रशिक्षकमा नियुक्त भट्ट वि.स. २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए । १८ वर्षदेखि राष्ट्रिय भलिवल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका उनी प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास पाएपछि भलिबलको मुख्य प्रशिक्षकको जिम्‍मेवारी पाएका हुन् ।

यस्तै तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिइएको राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले बताए । उनी २०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गरेका थिए ।

उनी सिरहा जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत थिए । यसअघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

जगदीश भट्ट राष्ट्रिय खेलकुद परिषद्
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय