+
+

माधव नेपालको चेतावनी : अराजक भए पार्टीबाट बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १६:०२

९ भदौ, काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र अराजकतालाई छुट दिन नसक्ने बताएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आवश्यक परे पार्टीबाट विदा गर्नुपर्ने बताएका हुन् । ‘जे पायो त्यही बोलेर पार्टीमा बसिरहने स्थिति बन्द गरौं’, उनले भने, ‘पहिलो चोटी चेतावनी दिउँ, दोस्रो पटक अन्तिम चेतावनी दिऊँ ।’

त्यसपछि पनि व्यवहारमा सुधार नआए पार्टीबाट निष्कासन गर्नुपर्ने उनले बताए । ‘यहाँ सारा वातावरण बिगार्छ भने त्यस्ता व्यक्तिलाई विदा गरौं’, उनले भने, ‘घर फोडुवाहरुले घर बलियो बनाउन सक्दैनन् ।’

पार्टीमा अराजक गतिविधि गर्नेहरुसँग उठबस नगर्न उनले अरु नेताहरुलाई समेत चेतावनी दिए । ‘त्यस्ता व्यक्तिहरुसँग बसेको देख्यो भने पनि ठीक हुने छैन’, अध्यक्ष नेपालले चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?