+

एभरेस्ट महिला भलिबल लिग असोज १४ गतेदेखि

२०८१ भदौ  ९ गते १६:२४ २०८१ भदौ ९ गते १६:२४
एभरेस्ट महिला भलिबल लिग असोज १४ गतेदेखि

९ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण असोज १४ गतेदेखि १९ गतेसम्म हुने भएको छ । काठमाडौं दशरथ रंगशालास्थित कभर्ड हलमा हुने खेलबारे आयोजकले आइतबार प्रेस वक्तव्यमार्फत जानकारी दिएको हो ।

नेपाल भलिबल संघसँगको परामर्श र स्वीकृतिमा प्रतियोगिताको मिति तय गरिएको आयोजक इन्फिनिटी ड्रिम्सले जानकारी दिएको छ । महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोली सहभागी हुँदैछन् ।

‘लिगको तयारी तीव्र गतिमा भइरहेको छ, जसमा ईडब्लूभीएल र यसका ६ प्रतिष्ठित फ्रेन्चाइजहरू भलिबल समुदायका लागि अभूतपूर्व अनुभव सिर्जना गर्न अथक मेहनत गरिरहेका छन्’, आयोजकले भनेको छ, ‘यो पहल मात्र एक खेलकुद प्रतियोगिता नभएर, नेपालमा महिला खेलाडीहरूलाई सशक्तिकरण गर्ने र हाम्रो राष्ट्रिय खेललाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्ने एक महत्वपूर्ण कदम हो ।’

नेपाली भलिबलको इतिहासमा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग हुन लागेको छ । जसमा विभिन्न ६ शहरको नामबाट टिम सहभागि हुँदैछ । पहिलो संस्करणमा काठमाडौं, ललितपुर, मधेश, चितवन, गण्डकी  र कर्णालीको टिमले प्रतिस्पर्धा गर्नेछन् ।

६ वटै टोलीको मार्की खेलाडी यसअघि नै घोषणा भइसकेको छ । यस्तै नेपाली खेलाडीको ड्राफ्ट पनि सम्पन्न भइसकेको छ । मधेश युनाइटेडले दुई विदेशी खेलाडी कालिनोभा यभजेनिया र योस्रा जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । हरेक टोलीमा ९ नेपाली खेलाडी हुनेछन् भने ३ विदेशी खेलाडी राख्न पाउनेछन् ।

 

एभरेस्ट महिला लिग महिला भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय