+
+

महिला सिर्जनशील केन्द्रको तीज मेला आज सकिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १६:५५

काठमाडौं । ‘डाबर गुलावरी तीज फेस्टिभल-सिर्जनशील उद्यमी मेला-२०८१’  आइतबार सकिंदैछ । भदौ ७ गतेदेखि बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना भएको मेला किनमेल गर्नेहरु घुइँचो लागेको आयोजक महिला सिर्जनशील केन्द्रले जनाएको छ ।

महिला उद्यमीहरुको प्रवर्द्धन गर्ने उद्देश्यले भएको मेलाको व्यवस्थापन राइजिङ नेपाल प्रालि (इभेन्ट संसार) ले गरेको थियो ।

मेलामा ७० भन्दा बढी स्टल र दुई हजार बढी प्रकारका सौन्दर्य प्रसाधन, लत्ताकपडा, जुत्ताचप्पल, ब्याग, गरगहना,  निःशुल्क स्वास्थ्य, हस्तकलाका सामग्री, फर्निचर, विभिन्न खाद्य पदार्थ, र हात खाली नजाने महिलाका लागि विशेष उपहार समेत राखिएको मेला व्यवस्थापक पशुपति केसीले जानकारी दिए । तीज विशेष खानाका परिकारहरुले पनि मेलामा थप आकर्षण बढाएको उनले बताए ।

मेलामा कलाकार, उद्यमी र विदेशी पाहुनाको समेत उपस्थिति थियो । यो मेला हरेक वर्ष आयोजना गर्ने योजना रहेको केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?