९ भदौ, काठमाडौं । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शेखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।
नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने ।
त्यसअघि खेलको ५६औं मिनेटमा जेत्सुन दोर्जीले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर ७८औं मिनेटमा नेपालका लागि निराजन धामीले बराबरी गोल फर्काए ।
नेपालले अब भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।
प्रतिक्रिया 4