+
+

सौगात मल्ल अभिनित ‘बमबहादुर’को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १७:०६

काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बमबहादुर’ कात्तिक ३० गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माताले सार्वजनिक गरेको पोस्टरमा मल्ललाई लडाकु चरित्रमा प्रस्तुत गरिएको छ ।

पोस्टरले कुनै गाउँ र त्यहाँको युद्धको पृष्ठभूमिको छनक दिन्छ । केही सर्वसाधारणलाई पनि देखाइएको छ ।

निर्देशक जोन राईले रहस्य, कौतुहलता, प्रेम र सामाजिक तत्वलाई कथामा मिश्रण गरिएको बताए । बमबहादुर नामक पात्रको जीवनमा चार दशक पहिले भएका घटनाले उसको वर्तमानलाई कसरी प्रभावित गरेको छ भन्ने कथावस्तु यसमा समेटिएको जनाइएको छ ।

‘कथाले दर्शकलाई बमबहादुरको बाल्यकालमा पुर्‍याउँछ, जहाँ उनका सुन्दर पल एकाएक विगतको घटनाले छिन्नभिन्न हुन्छन्’ निर्देशक राईले भने, ‘वर्तमान र विगतको कथा जोड्दै फिल्म नाटकीय उत्कर्षमा टुंगिन्छ जसले सस्पेन्स, रोमान्स र सोसल ड्रामाका सबै धागालाई बुन्छ ।’

विष्ट ब्रदर्स फिल्म्सको ब्यानरमा बनेको फिल्ममा मल्लसहित प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बागदास, मदन भुजेल, भरत वशिष्ठ, रिया भुजेल, शान्तिला तामाङ, वाशित कार्की र सुरेश पाँचकोटीको अभिनय छ ।

निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको पटकथा रहेको फिल्ममा छायांकन सुजोय घोषको छ भने संगीत दीपकंरसिंह मुखियाले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?