+
+

१०० भन्दा कम कामदार पठाउने म्यानपावरलाई विभागले नवीकरणका लागि बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १७:३६

९ भदौ‌, काठमाडौं । वैदेशिक रोजगार विभागले १०० भन्दा कम कामदार विदेश पठाउने म्यानपावरलाई इजाजतपत्र नवीकरणका लागि बोलाएको छ ।

विभागले आइतबार एक सूचना जारी गर्दै १०० भन्दा कम कामदार पठाउँने म्यानपावरलाई नवीकरणका लागि बोलाएको हो ।

साउन ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९/८० र २०८/८१ मा वार्षिक रुपमा न्यूनतम् १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) को आर्थिक वर्ष २०८१/८२ को लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि इजाजतपत्र नवीकरण लागि विभागले म्यानपावर कम्पनीलाइ बोलाएको हो । बिभागले सूचना अघि नै आवेदन दिइसकेका संस्थाहरूले भने पुनः आवेदन दिनु नपर्ने विभागले जनाएको छ ।

यो वर्ष ३१७ वटा म्यानपावर कम्पनी खारेजी सूचीमा परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?