+
+

हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार रिजाललाई

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १५:०२

९ भदौ, काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कृष्ण रिजाललाई प्रदान गरिने भएको छ ।

लघुवित्तका पिताका नामले चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार रिजाललाई प्रदान गरिने भएको हो ।

पुरस्कार निर्णायक समितिले डा. हरिहरदेव पन्त फाउन्डेसनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको नवौं वार्षिक पुण्य स्मृति दिवस पारेर आगामी २१ भदौमा रिजाललाई प्रदान गर्ने गरेको हो । रिजाल नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख हुन् ।

देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो ।

डा. हरिहरदेव पन्त फाउन्डेसनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

फाउन्डेसनले पहिलो पटक नेपाल आर्थिक पत्रकार समाज (सेजन) लाई सम्मान गरेको थियो ।

त्यसयता सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा,  विजयराज खनाल तथा  यज्ञ बञ्जाडेलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?