+
+

काठमाडौंको गौशालाबाट नेपाली नक्कली नोट र खैरो हेरोइनसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १८:२७

९ भदौ, काठमाडौं।  प्रहरीले काठमाडौंको गौशालाबाट नक्कली नेपाली नोट र खैरो हेराइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा गाउँपालिका-५ घर भई हाल काठमाडौं  ९ बस्‍ने ३० वर्षीय  एराजुल हक, इलाको फाकफोकथुङ -३ घर भई हाल काठमाडौं-९ बस्‍ने  ४१ वर्षीय राजेन्द्र भट्टराई र इलामको सूर्योदय नगरपालिका-३ घर भई काठमाडौं-९ बस्‍ने ४७ वर्षीय बोधचन्द्र नामचुङ रहेका छन् ।

उनीहरूलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

उनका अनुसार उक्त नेपाली नक्कली नोट १ लाख ९५ हजार ५०० बराबरको बरामद गरेको हो ।

उनका अनुसार प्रहरीले उनीहरूको साथबाट ७.८१ ग्राम खैरो हेरोइन समेत बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?