+
+

३० वर्षे हटाउन माग गर्दै सशस्त्र प्रहरीका १२ कर्मचारी पनि पुगे सर्वोच्च

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १९:२१

९ भदौ, काठमाडौं । ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सशस्त्र प्रहरी बलका १२ कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा आइतबार रिट निवेदन दिएका हुन् । उनीहरुले दिएको रिट निवेदन दर्ता गरिएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए ।

डीआईजी खत्री, दुर्गाप्रसाद भट्टराई, एसएसपी विश्व भट्टराई, एसपीहरु पूर्णबहादुर साउद। त्रिभुवन विष्ट, अशोक शाक्य, उद्धव रावलसहित १८ जना अधिकृतहरु ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अनिवार्य अवकाशमा जाँदैछन् ।

यसअघि नेपाल प्रहरीका २१ जना कर्मचारीले पनि ३० वर्षे सेवा अवधि हटाउन भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुनुवाइ गर्दै ६ भदौमा सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे सेवा अवधि तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?