+
+

सुनकोशीमा जिपसहित बेपत्ता ३ जना २४ घण्टासम्म भेटिएनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते १९:२८

९ भदौ, काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपसहित खसेका तीन जना अझै फेला परेका छैनन् ।

शनिबार साँझ जिपसहित नदीमा बेपत्ता भएका व्यक्तिको २४ घण्टासम्म खोजी गर्दा पनि फेला पर्न नसकेका हुन् । सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोलीले सुनकोशीमा खोजी गरे पनि मान्छे फेला पर्न नसकेको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

‘२४ घण्टादेखि निरन्त खोजी भइरहेको छ । तर अहिलेसम्म मान्छेको अवस्था पत्ता लगाउन सकिएको छैन’, थापाले भने । सशस्त्रकै गोताखोर टोलीले जिप भने आइतबार राति २ बजेतिर फेला पारेको थियो ।

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडी शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् । गाडीबाट हामफालेर बाहिर निस्केका सुशान्त कक्षपति भने सामान्य घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?