+
+

शेर्पा हस्पिटालिटी ग्रुपले मनाङमा सञ्चालन गर्दै नयाँ होटल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते २०:११

९ भदौ, काठमाडौं । व्यावसायिक घराना यती ग्रुप अन्तर्गतको शेर्पा हस्पिटालिटी ग्रुप (एसएसजी) ले मनाङमा नयाँ होटल सञ्चालन घोषणा गरेको छ ।

एसएचजीले मुस्ताङमा सञ्चालन गरिरहेको नेपालकै सबैभन्दा लक्जरी रिसोर्ट ‘सिन्तामणि मुस्ताङ’ को पहिलो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा ग्रुपका प्रबन्ध निर्देशक नामग्याल शेर्पाले मनाङको होटल चाँडै नै सञ्चालनमा आउने जानकारी दिए ।

प्रबन्ध निर्देशक शेर्पाका अनुसार एसएचजीको माउन्टेन लजेज अफ नेपाल (एमएलएन) अन्तर्गत मनाङमा होटल सञ्चालन गर्न लागिएको हो ।

‘मनाङको प्रपर्टी एमएलएनका १४ प्रिमियम लजमा जोडिने छ,’ शेर्पाले भने, ‘जसले पाहुनालाई ग्रेट हिमालयन ट्रेलसँगै पदयात्राको उत्कृष्ट अनुभव हासिल हुनेछ ।’

एमएलएनले तीन दशकदेखि नेपालका अतिदुर्गम हिमाली भेगमा पदयात्री तथा पाहुनालाई आरामदायी लज, होटल तथा रिसोर्ट उपलब्ध गराउँदै आएको छ । यसका संस्थापकहरू ल्हाक्पासोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले स्थापना गरेका थिए ।

ग्रेट हिमालयन ट्रेल र हिमाली भेगका अन्य पदयात्रा मार्ग आउने बढी पैसा खर्च गर्ने (हाई इन्ड) पाहुना लक्षित गरी एसएचजीले लज, रिसोर्ट तथा होटल सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक शेर्पाले जानकारी दिए ।

एसएचजीले चितवनस्थित प्रिमियम रिसोर्ट ‘कसरा चितवन’ पनि थप स्तरोन्नति गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?