+
+

राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागका नयाँ महानिर्देशकले थाले काम

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ९ गते २०:२८
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहाल ।

९ भदौ, काठमाडौं । सरकारले राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागमा नयाँ महानिर्देशकहरुले काम सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतका विभागमा सरकारले खटाएका दुई सहसचिवले नयाँ महानिर्देशकका रुपमा काम थालेका छन् ।

३१ साउनमा मन्त्रिपरिषद निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका सुमन दाहाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनेका छन् । यसअघि उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा थिए ।

यसअघि सहसचिव कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक थिए । मन्त्रिपरिषद बैठकले उनलाई राष्ट्रिय सूचना आयोगमा सरुवा गरेको थियो ।

त्यसैगरी राजस्व अनुसन्धान विभागमा चण्डीप्रसाद घिमिरे महानिर्देशक बनेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट घिमिरे प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । उनलाई प्रधानमन्त्री कार्यालयले राजस्व अनुसन्धान विभागको प्रमुखको जिम्मेवारी दिएर खटाएको हो ।

विभागको उपमहानिर्देशकमा कृष्णकुमारी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

यसअघि सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए । उनी हाल संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा छन् । बुढाले विभागमा रहँदा आफू निकटका व्यक्तिलाई परिचालन गरेर अवैध रुपमा व्यवसायीबाट रकम संकलन गरेको आरोप लागेको थियो ।

तर, राजनीतिक रुपमा संरक्षण पाएका उनीमाथि कुनै कारवाही भएको थिएन । सरकार परिवर्तनपछि बुढालाई विभागबाट हटाएर सामान्य प्रशासनको अतिरिक्त समूहमा लगेर राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?