+

मादुएकेको ह्याट्रिकमा चेल्सीको सानदार जित

२०८१ भदौ  १० गते ६:३८ २०८१ भदौ १० गते ६:३८
मादुएकेको ह्याट्रिकमा चेल्सीको सानदार जित

९ भदौ, काठमाडौं । नोनी मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले प्रिमियर लिगमा आइतबार वल्भ्सलाई ६-२ ले पराजित गरेको छ ।

नयाँ सिजन चेल्सीको यो पहिलो जित हो । चेल्सीलाई सानदार जित दिलाउन मादुएकेले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । उनले खेलको ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गरे ।

त्यसअघि खेलको दोस्रो मिनेटमै निकोलस ज्याक्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । माथेउस कुन्हाले २७औं मिनेटमा वल्भ्सका लागि बराबरी गोल गरेका थिए ।

कोल पाल्मरले ४५औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । वल्भसका जे स्ट्रान्ड लार्सनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल २-२ को स्थितीमा पुर्‍याए ।

दोस्रो हाफमा मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले ५-२ को अग्रता बनायो । चेल्सीका लागि जाआओ फेलिक्सले ८०औं मिनेटमा अर्को गोल थपे ।

पहिलो जितपछि दुई खेलबाट ३ अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लेको छ । दोस्रो हार व्होरेको वल्भ्स अंकविहीन छ ।

चेल्सी प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय