+

ला लिगामा रियल मड्रिडको सहज जित

२०८१ भदौ  १० गते ६:५९ २०८१ भदौ १० गते ६:५९
ला लिगामा रियल मड्रिडको सहज जित

१० भदौ, काठमाडौं । साविक विजेता रियल मड्रिडले स्पानिस ला लिगाको नयाँ सिजनमा पहिलो जित हात पारेको छ ।

मड्रिडले आइतबार राति भएको खेलमा रियल भाल्लाडोलिडमाथि ३-० को सहज जित हात पारेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सबै गोल दोस्रो हाफमा गरेको थियो । रियलका लागि फेडरिक भेलभर्डेले ५०औं, ब्राहिम डियाजले ८८औं र एन्ड्रिकले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका थिए ।

जितपछि दुई खेलबाट ४ अंक जोडेर रियल चौथो स्थानमा उक्लेको छ ।

रियल मड्रिड स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय