+
+
नाटक :

सोरठी : रहस्य, रोमाञ्चक र हृदयस्पर्शी कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते ८:३१

सोरठी । यो शब्द आफैमा रहस्य र रोमाञ्चकताले भरिपूर्ण छ । सरसर्ती हेर्दा यो प्राचिन लोक नाटक हो, खासगरी मगर र गुरुङ समुदायमा प्रचलित । तर, सोरठीको गर्भमा एउटा रहस्य पनि लुकेको छ ।

यस रहस्यको उद्घाटन यसरी भएको छ, ‘जैसिंगे नामक एक राजा थिए, जसकी एक दयालु रानी थिइन् हरिमति । उनीहरुको कोखबाट एउटी छोरी जन्मिए । तर, यो उनीहरुका लागि खुसी भन्दा बढी विस्मतको कुरा थियो । किनभने ज्योतिषले ती छोरी मुल्याहा भएको बताए ।

अर्थात यी छोरीले पछि राजालाई पिरोल्नेछ ।

तब राजाले नवजात शिशुलाई अन्तै लगेर मारिदिनु भनी आफ्ना सेनाहरुलाई खटाए । तर, रानीलाई सो कुरा मञ्जुर भएन । उनले आफ्नो गर्भबाट जन्मिएकी अवोध शिशुलाई मार्न भन्दा बरु सुनको बाकसमा राखेर खोलामा बगाइदिन लगाए ।

सुनको बाकसमा बगेको शिशुलाई माछा मार्दै गरेका माझीहरुले फेला पारे । उनीहरुले सो शिशुलाई पालनपोण गरे । हुर्काए, बढाए । उनी जवान भइन् र विछट्टै सुन्दर पनि ।

एकदिन जैसिंगे राजा शिकार खेल्दै सोही खोला आसपासमा पुगे । यसो खोलाको पानी अञ्जुलीमा भरेर पिउनै लागेको बेला उनले एक सुन्दर युवती देखे । उक्त युवतीको रुपले उनी यति पागल भए कि, विवाह गरेर दरबारमा भित्र्याउने तयारीमा पुगे । यसका लागि उनले अनेक तिकडम गरे । अन्ततः युवतीसँग उनको विवाह हुने लगभग पक्का भयो ।

तर, त्यही बखत उनलाई थाहा भयो कि ति युवती आफ्नै छोरी हुन्, जसलाई उनले मार्नका लागि पठाएका थिए ।

अब त्यसपछि के हुन्छ ?’

यो रहस्यको पोकोपन्तुरो खोल्न तपाईं बत्तिसपुतलीस्थित शिल्पी थिएटर पुग्नुपर्छ । त्यहाँ नाटक ‘सोरठी’ मञ्चन हुँदैछ । गएको भदौ ७ गतेदेखि हरेक मंगलबारबाहेक हरेक साँझ पाँच बजे नाटक मञ्चन हुन्छ । करिब डेढ घण्टाको नाटकले यो पौराणिक कथालाई सांस्कृतिक शृंगारमा लपेटेर आधुनिक समाजसँग जोड्छ । त्यसैले यसले दर्शकलाई एकातिर परापूर्व कालमा डोहो¥याउँछ भने अर्कोतिर आफ्नै कथाव्यथा पनि अनुभूत गराउँछ । विखण्डित हुँदै गएको पारिवारिक व्यवस्थालाई समेत सोरठीले सम्बोधन गरेको छ ।

नाटकलाई अत्यान्तै कुशलतापूर्वक मञ्चमा उतारेकी छिन्, निर्देशक संगीता थापा र सञ्जय काउछा मगरले । यसको लेखक सन्जय काउछा मगर हुन्, जसको प्रकाशोन्मुख उपन्यास ‘सोरठी’मा यस नाटक आधारित छ ।

फोटोः कमल प्रसाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?