+

केकेएम-एनआरटी अन्तर विद्यालय टेबलटेनिस मंगलबारदेखि

२०८१ भदौ  १० गते ९:०९ २०८१ भदौ १० गते ९:०९
केकेएम-एनआरटी अन्तर विद्यालय टेबलटेनिस मंगलबारदेखि

१० भदौ, काठमाडौं । काठमाडौं खेल मण्डल (केकेएम)-न्युरोड टिम (एनआरटी) को आयोजना यही भदौ ११ गते मंगलबारदेखि केकेएम-एनआरटी अन्तर विद्यालय राष्ट्रिय टेबलटेनिस प्रतियोगिता  हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ ११ देखि १३ गतेसम्म हुने  जानकारी गराएको हो ।

एनआरटी क्लबले आफ्नो ९०औं वार्षिकोत्सवको अवसरमा  मनाउने सिलसिलामा यस प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा पोखरा, धरानलगायत ४३ विद्यालयबाट १९२ जना विद्यार्थीहरुले सहभागिता जनाउने प्रतियोगिता संयोजक सुनपल भक्त जोशीले जानकारी दिए । जसमा १३६ जना पुरुष र ५७ जना महिला विद्यार्थीहरुले नाम दर्ता गराइसकेका छन् ।

नेपालको उमेर समूहको राष्ट्रिय टिमबाट खेलेका खेलाडीले समेत मापदण्ड पूरा भएमा यस विद्यालयमा स्तरीय प्रतियोगिता खेल्न पाउने संयोजक जोशीले जानकारी दिए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा ब्वाईज र गर्ल्सको टिम, ब्वाईज र गर्ल्स यु-१६ तथा ब्वाइज र गर्ल्स यर-१२ गरी ६ विधामा खेल हुनेछ ।

प्रतियोगितामा ब्वाइज र गर्ल्स सिंगल य-१६ तथा ब्वाइज र गर्ल्स यु-१२ गरी चार विधाका विजेताले २० हजार, दोस्रोले १० हजार र तेस्रो दुई जनाले ५-५ हजार पाउनेछन् ।

प्रतियोगिताको लागि ७ लाख बजेटको लाग्ने आयोजकले जनाएको छ ।

ग्रासरुटदेखि नै खेलकुदको विकास गर्ने लक्ष्यका साथ विद्यालयस्तर देखि नै टेबलटेनिस प्रतियोगिता गर्न लागेको एनआरटीका अध्यक्ष सुन्दर नरसिंह जोशीले जानकारी दिए ।

टेबलटेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय