+
+

किड क्वीन प्रतियोगिता आरम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते ८:४७

काठमाडौं । यस वर्षको किड क्वीन प्रतियोगिता विश्व शान्ति र समृद्धिको कामनासहित लाखबत्ती पालेर आरम्भ भएको छ ।

नेप्लीज फेसन होमको आयोजनामा वर्षेनी हुँदै आएको प्रतियोगिताको १९ औं संस्करणमा सहभागि प्रतियोगीले बंगलामुखी मन्दिरमा पूजाआजा गरे ।

प्रतियोगितामा ४० जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । कार्यक्रम मिस नेवाः कृषा महर्जन र सकिना महर्जन, प्रतियोगीका अभिभावक तथा शिक्षकको सहभागिता र सहकारीको सहयोगमा हुन लागेको हो ।

सहभागीलाई संस्कार सिकाउन र जीवनमा धर्मको महत्व दर्शाउन यो संस्करण हुन लागेको आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन् ।

उनका अनुसार कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । प्रतियोगिताका सहभागीलाई विभिन्न सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन् ।

प्रतियोगीलाई फिनालेको तयारीका लागि विभिन्न विषयको तालिम र प्रशिक्षण दिइएको आयोजकले जानकारी दिएका छन् । फिनाले दसैंपछि राष्ट्रिय नाचघरमा हुनेछ ।

प्रतियोगिता मिस नेवाः ११४३ सकिना महर्जन र सोसियल वेलफेयर एम्बेस्डर चिफ तिमीला महर्जनको कोरियोग्राफी तथा मिस नेवाः ११४१ कृषा महर्जनको संयोजनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?