
काठमाडौं । पछिल्लो समय नेपालीको बाक्लो बसोबास हुँदै गइरहेको माल्दिभ्सको राजधानी मालेमा तीजको उपलक्ष्यमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।
बाँके-बर्दिया राइजिङ स्टारको आयोजनामा नेपालका करिब एक दर्जन चर्चित लोकगायक तथा गायिकाको उपस्थितिमा तीज विशेष कार्यक्रम हुन लागेको आयोजक समितिका प्रमुख सन्तोष मगरले जानकारी दिए ।
नेपालबाट कमल विसी ‘माल्दाई’ र विन्दु परियारको विशेष उपस्थिति रहने छ । अन्य कलाकारमा ज्योति राना बासेल, सम्झना तामाङ, विष्णु परियार, अनिता परियार, कविता राई, चन्द्रा सुनुवार, लक्ष्मी तामाङ, सिम्पल मगर, सुस्मिता राना, प्रशान्त थापा, कल्पना प्रधान पनि छन् ।
६ सेप्टेम्बरमा मालेको अहमदिया इन्टरनेसनल स्कुलमा दिउँसो ३ बजे आयोजना हुने यस कार्यक्रमलाई इन्द्र सापकोटा र बबिता राईले सञ्चालन गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4