+

भलिबल कभर्ड हल बनाउन जीतेन्द्र चन्दको संयोजकत्वमा उपसमिति

२०८१ भदौ  १० गते ९:०३ २०८१ भदौ १० गते ९:०३
भलिबल कभर्ड हल बनाउन जीतेन्द्र चन्दको संयोजकत्वमा उपसमिति

१० भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माणस्थल छनोट तथा तयारीका लागि तीन सदस्यीय उपसमिति गठन गरेको छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा भलिबल कभर्डहल बनाउन जग्गा प्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

परिषद्का सदस्य सचिवस्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरेर उपयुक्त जग्गा छनोट गरी प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नुपर्ने छ । यस्तै जग्गा एकिन भएपछि २०८१ असोज महिना भित्र डीपीआरका लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिइएको छ ।

उपसमितिले कार्यादेश अनुसार ३० दिनभित्र परिषद्मा प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ । त्रिपुरेश्वर स्थित कभर्डहलमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकोले सुविधासम्पन्न कभर्डहल निर्माण आवश्यक भएको परिषद्ले जानकारी दिएको छ ।

राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउदै आकर्षण बढाउने उदेश्यले सुविधा सम्पन्न हल निर्माणका लागि पहल थालिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।
उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री र्गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

जीतेन्द्र चन्द भलिबल भलिबल कभर्डहल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय