+
+

फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते ९:१५

काठमाडौं । संविधान दिवसको अवसरमा असोज ३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ ।

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले गीत सार्वजनिक गरे । एसडी योगीको संगीत निर्देशन, सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा योगी र शान्तिश्री परियारको स्वर छ ।

गीतमा धीरज मगर र उपासना ठकुरीसँग अन्य कलाकार फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको नृत्य निर्देशन हेर्न सकिन्छ ।

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापाले गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्रीको लेखन तथा निर्देशन गरेपनि यो फिचर फिल्म हो ।

‘खुस्मा’को निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् । सहनिर्माता सुस्मिता बुढाथोकी हुन् । दीपक बज्राचार्यको छायांकन छ ।

फिल्ममा माओत्से गुरुङ, खड्कबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगरको अभिनय छ ।

मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्कको संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना छ । वितरण गोविन्द शाहीको काफिया फिल्मसले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?