+
+

इन्स्टाग्रामका धेरै पोस्ट एकै पटकमा कसरी डिलिट गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १०:४२

आजकल लगभग सबै स्मार्टफोन प्रयोगकर्ताहरूसँग कम्तिमा तीनवटा सामाजिक सञ्जालका खाताहरू हुने गर्छन् । जसमा मेसेजिङ एपका अलावा पहिलो रोजाइका सोसल मिडिया प्लाटफर्म फेसबुक, एक्स र इन्स्टाग्राम पर्दछन् ।

आफ्नो इन्स्टाग्राममा पहिले गरेका पोस्टहरू हामीलाई विभिन्न कारणले हटाउनु पर्ने हुनसक्छ।

पुराना धेरैवटा पोस्टहरू एक-एक गरेर डिलिट गर्नु दिक्क लाग्दो मात्र होइन धेरै समय लाग्ने खालको हुन्छ । त्यसैले त्यस्ता पोस्टहरू एकै पटकमा डिलिट गर्नु सजिलो हुन्छ । तर, चिन्ता गर्नु पर्दैन, इन्स्टाग्राममा धेरैवटा पोस्टहरू एकै क्लिकमा डिलिट गर्ने तरिका पनि छ।

एकै पटकमा धेरै इन्स्टाग्राम पोस्ट डिलिट गर्नका लागि

  • आफ्नो फोनमा इन्स्टाग्राम एप खोल्नुहोस्
  • त्यसपछि आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्
  • Menu अप्सनमा जानुहोस्
  • त्यसपछि Your activity खण्डमा जानुहोस्
  • त्यहाँ तपाईंले Photo and videos अप्सनमा क्लिक गर्नुपर्दछ
  • त्यसपछि post अप्सनमा क्लिक गर्नुहोस्
  • short filter मा जानहोस्
  • त्यसपछि आफूले डिलिट गर्न चाहेका सबै पोस्टहरू माथिदेखि तलसम्मै छान्नुहोस्
  • त्यसरी छानिसकेपछि तपाईंले एक क्लिकमै ती सबै पोस्ट डिलिट गर्न वा आर्काइभ गर्न सक्नुहुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?