+
+

जसपा नेपालको सहअध्यक्षमा रकम चेम्जोङ, लालबाबुले पाए महासचिव

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १७:१४

१० भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको पदाधिकारी र कार्यकारिणी समितिले पूर्णता पाएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशन भएको करिब साढे दुई महिनापछि पदाधिकारी र कार्यकारिणी समितिका साथै केन्द्रीय समितिलाई पूर्णता दिएका हुन् ।

त्यसबेला अधिवेशन अध्यक्षको मात्रै टुंगो लगाएर सकिएको थियो । र, त्यसपछि पदाधिकारी मनोनीत गर्ने सर्वाधिकार अध्यक्ष यादवलाई नै दिएको थियो ।

अध्यक्ष यादवले पार्टीको सहअध्यक्षमा रकम चेम्जोङलाई मनोनीत गरेका छन् भने उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत बज्राचार्यलाई मनोनीत गरेका छन् ।

यस्तै, महासचिवमा लालबाबु राउत र रामकुमार शर्मा रहेका छन् भने उपमहासिचवमा प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादवलाई मनोनीत गरेका छन् ।

सचिवहरूमा लLला सिटौला, शैलेन्द्र साह, सुनी लामा, राजकुमार राई, लाक्पा शेर्पा र कमरुद्दीन राई रहेका छन् । कोषाध्यक्षमा सुरिताकुमारी साह मनोनीत भएकी छन् ।

कार्यकारिणी सदस्यहरुमा हरिनारायण यादव, अर्जुन थापा, डा.सुरेन्द्रकुमार यादव, अशेश्वर यादव, डा.कृष्णकुमार राई, निर्मला यादव, तारा विश्वकर्मा, राजकुमार गुप्ता, जयराम यादव र रामकिशोर यादव रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?