+
+

सुनचाँदीको भाउमा सामान्य गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते ११:०७

१० भदौ, काठमाडौं । सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा १ सय रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८५० रुपैयाँ रहेको चाँदी यस दिन १८४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?