+
+

इन्स्टाग्रामको प्रोफाइलमा ३० सेकेन्डको म्युजिक राख्न सकिने, यसरी राख्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १२:००

मेटा कम्पनीको स्वामित्वमा रहेको लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ। योसँगै प्रयोगकर्ताहरुलाई इन्स्टाग्रामको आफ्नो प्रोफाइलमा कुनै पनि संगीत थप्न सक्नेछन्।

इन्स्टाग्रामले एक विज्ञप्तिमार्फत यो नयाँ सुविधाको बारेमा जानकारी गराएको हो । जसमा भनिएको छ कि अब सबै प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा ३० सेकेन्डको म्युजिक राख्न सक्नेछन् । उक्त म्युजिकलाई हटाउन वा परिवर्तन गर्न सकिनेछ ।

इन्स्टाग्रामको प्रोफाइलमा म्युजिक कसरी थप्ने ? यसका लागि :

  • सबैभन्दा पहिले इन्स्टाग्राम एपलाई अपडेट गर्नुहोस्
  • त्यसपछि Edit profile मा क्लिक गर्नुहोस्।
  • त्यसपछि add music to your profile मा क्लिक गर्नुहोस्।
  • अब तपाईंको मनपर्ने गीत छान्नुहोस् वा For you मा रहेका कुनै एक संगीत छान्नुहोस्।
  • त्यसपछि उक्त गीतको कुन भागको संगीत आफ्नो प्रोफाइलमा थप्न चाहनुहुन्छ छान्नुहोस्।
  • अन्त्यमा ३० सेकेण्डको क्लिप चयन गर्नुहोस्।

स्मरण रहोस् इन्स्टाग्रामले हालैमात्र एउटा रीलमा २० वटासम्म गीतका टुक्रा थप्न सकिने सुविधा दिएको छ ।

त्यस्तै स्टिकरमा समेत म्युजिकको विकल्प दिइनुका साथै इन्स्टाको एउटा पोस्टमा २० वटा सम्म फोटो तथा भिडियो राख्न सकिने सुविधा पनि उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?