+

साफ यू-२० च्याम्पियनसिपको फाइनल पुग्न भारत र बंगलादेश भिड्दै

२०८१ भदौ  १० गते १२:२८ २०८१ भदौ १० गते १२:२८
साफ यू-२० च्याम्पियनसिपको फाइनल पुग्न भारत र बंगलादेश भिड्दै

१० भदौ, काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज साविक विजेता भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

साविक विजेतासहित तीन पटकको विजेता भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र माल्दिभ्सलाई समान १-० ले पराजित गरेको थियो । भारत जारी प्रतियोगितामा गोल नखाने एक्लो टिम हो ।

यस्तै बंगलादेश समूह ए को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो । बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने घरेलु टोली नेपालसँग २-१ ले पराजित भएको थियो ।

भारत र बंगलादेशबीच अहिलेसम्म साफ यू२०/१९/१८ च्याम्पियनसिपमा सात पटक भेट भएको छ जसमा भारत ४ पटक विजयी हुँदा बंगलादेशले २ पटक जित निकालेको थियो । एक खेल बराबरीमा सकिएको थियो । भारत र बंगलादेशबीचको विजेता आउने बुधबार घरेलु टोली नेपालसँग उपाधिका लागि खेल्नेछ ।

 

बंगलादेश भारत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय