+
+

अक्सफोर्ड विश्वविद्यालको कुलपति हुन इमरान खानले किन दिए आवेदन ?

एजेन्सी एजेन्सी
२०८१ भदौ १० गते १३:२८

पाकिस्तानको रावलपिन्मा रहेको अडयाला जेलमा कैद भुक्तान गरिरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका संस्थापक इमरान खान एउटा नयाँ चुनावमा सहभागी हुँदैछन् । तर, यो चुनाव कुनै राजनीतिक पदको लागि होइन, एउटा विश्वविद्यालयको उपलकुलपति पदका लागि हो ।

हुनत इमरान खान अक्सफोर्डको कुलपतिको चुनावमा सहभागी हुने विषयमा यसअघि नै समाचारहरू सार्वजनिक भएका थिए । तर, औपचारिक रूपमा अगष्ट १८ मा उनको तर्फबाट आवेदन बुझाइएको छ।

इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सामाजिक सञ्जाल एक्समार्फत यसको घोषणा गरेका छन् ।

इमरान खानको निर्देशअनुसार अक्सफोर्ड विश्वविद्यालयको उपकुपति पदको लागि उम्मेदवारी दर्ता गरिएको भन्दै उनले उक्त ऐतिहासिक अभियानमा सबैको समर्थनको आवश्यकता रहेको बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले भने, ‘इमरान खान किन त्यो चुनावमा सहभागी नहुने ? अक्सफोर्ड विश्वविद्यालयको उपलकुलपतिको पद एउटा अत्यन्त प्रतिष्ठित पद हो ।’

इमरान खानले विगतमा ब्रेडफोर्ड विश्वविद्यालयको कुलपतिको भूमिका निकै इमान्दारीपूर्वक निभाएको भन्दै उनले सो पदका लागि इमरान सबैभन्दा योग्य व्यक्ति भएको बताए ।

खानविरुद्धको मुद्दा पनि अन्तिम अवस्थामा रहेको र चुनाव जितेमा उनले डिसेम्बरभित्र कुलपतिको पद सम्हाल्ने उनको भनाइ छ ।

इमरान खानको दलले भने उनको उक्त निर्णयको पछाडिको उद्देश्य बताएको छैन । तथापि इमरान खान अक्सफोर्डको कुलपतिमा चयन भएमा त्यो निकै महत्वपूर्ण सावित हुने र त्यसको राजनीतिक तथा कूटनीतिक प्रभाव पर्ने विश्लेषकहरुको भनाई छ ।

अक्सफोर्ड कुलपति कसरी छानिन्छ ?

यदि इमरान खान अक्सफोर्डको कुलपतिमा चयन भए भने उनलाई रोक्नु कुनै पनि सरकारका लागि बेलायत विरोधी कदम मानिनेछ । त्यसैले पाकिस्तानबाट इज्जतसाथ निस्किन इमरानका लागि यो राम्रो अवसर हुनेछ

यो एक आलंकारिक पद हो र यस पदमा सफल उम्मेदवारको नियुक्ति १० वर्षको लागि गरिन्छ ।

यस पदमा नियुक्त हुनेका लागि कुनै तलब र भत्ता प्राप्त हुँदैन र कुनै प्रशासनिक जिम्मेवारी पनि रहँदैन । तथापि कुलपतिको भूमिका निकै महत्वपूर्ण रहेको हुन्छ, जसमा विश्वविद्यालयको उपकुलपति नियुक्ति, प्रमुख समारोहहरूको अध्यक्षता, कोष संकलन र स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विश्वविद्यालयको प्रतिनिधित्व गर्नुलगायतका पर्दछन् ।

यसर्थ इमरान खान एक अर्थमा विश्वविद्यालयका राजदूत हुनेछन् ।

अझ अक्सफोर्ड विश्वविद्यालयको कुलपतिलाई बेलायतमै बस्नु पर्दैन । यद्यपि,  विश्वविद्यालयका सबै महत्वपूर्ण समारोहहरूमा उपस्थित हुनु अनिवार्य हुन्छ, जसको लागि यात्रा भत्ता विश्वविद्यालयले प्रदान गर्छ ।

नयाँ चुनावको लागि विश्वविद्यालयको काउन्सिलले ‘कुलपति निर्वाचन समिति’ बनाउँछ, जसको काम नियमअनुसार चुनावी प्रक्रिया सञ्चालन गर्नु र यसको निगरानी गर्नु हुन्छ । तर, यसले चुनावी प्रक्रियामा कुनै प्रभाव पार्दैन ।

विश्वविद्यालयको निर्वाचन प्रणालीमा हालै भएको संसोधनपछि इमरान खान यस प्रतिस्पर्धामा सहभागी हुन सम्भव भएको हो ।

नयाँ नियमअनुसार विश्वविद्यालयका पूर्वविद्यार्थीका साथै वर्तमान र पूर्वस्टाफले अनलाइनबाट मतदान गर्न सक्दछन् । यस प्रक्रियालाई कन्भोकेशन भनिन्छ । यसअघि, उम्मेदवारहरू र भोटरहरूका लागि कन्भोकेशनमा भौतिक रूपमै उपस्थित हुनु आवश्यक हुन्थ्यो ।

यस चुनावमा हाल अध्ययन गरिरहेका विद्यार्थीहरू, विश्वविद्यालयका अन्य कर्मचारीहरू वा कुनै राजनीतिक पदका उम्मेदवारहरूले भाग लिन सक्दैनन् ।

विश्वविद्यालयका अनुसार विश्वभरका दुई लाख पचास हजारभन्दा बढी योग्य मतदाताले यसपटक अक्सफोर्डको उपकुलपति चुनावमा मतदान गर्न पाउनेछन् ।

चुनावमा सहभागी हुने उम्मेदवारहरूको अन्तिम सूची अक्टोबरमा प्रकाशित गरिनेछ र मतदान प्रक्रिया २८ अक्टोबरदेखि सुरु हुनेछ ।

यदि उम्मेदवारहरूको संख्या दशभन्दा कम भएमा मतदान केवल एक चरणमा सम्पन्न हुनेछ । तर, उम्मेदवारहरूको संख्या बढी भएमा, चुनावी प्रक्रियाको दोस्रो चरण १८ नोभेम्बरमा सुरु हुनेछ ।

क्रिस्टोफर फ्रान्सिस प्याटन सन् २००३ देखि विश्वविद्यालको कुलपति पदमा थिए । उनले यही ३१ जुलाइमा राजीनामा दिएका छन् ।

८० वर्षीय लॉर्ड प्याटन हङकङका अन्तिम गर्वनर पनि हुन् । उनी त्यसअघि बेलायतको कन्जरभेटिव पार्टीका अध्यक्ष पनि रहिसकेका छन् ।

अक्सफोर्डका प्रसिद्ध पाकिस्तानी विद्यार्थीहरू

इमरान ख़ान

इमरान खान अक्सफोर्डकै पूर्वविद्यार्थी हुन् । उनी सन् १९७२ मा अक्सफोर्ड विश्वविद्यालयमा भर्ना भई १९७५ मा राजनीति, दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातक उपाधि हासिल गरेका छन् ।

यस क्रममा, उनले विश्वविद्यालयको लागि क्रिकेटको मैदानमा धेरै पुरस्कार जिते । त्यही समयमा बेनजिर भुट्टो पनि अक्सफोर्डमै उच्च शिक्षा अध्ययनरत थिइन् । उनीहरुबीच गहिरो मित्रता थियो ।

७१ वर्षीय इमरान खान पाकिस्तानका ती पाँच व्यक्तित्वमध्ये एक हुन्, जसको नाम ब्रिटेनको सबैभन्दा पुरानो र प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयले आफ्नो ‘फेमस ओक्सोनियन्स’ सूचीमा समावेश गरेको छ ।

अन्य चार व्यक्तित्वमा पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अली खान, पूर्वप्रधानमन्त्री जुल्फिकार अली भुट्टो,  उनकी छोरी र पूर्वप्रधानमन्त्री बेनजीर भुट्टो अनि पूर्वराष्ट्रपति फारूक अहमद लियारी समावेश छन् ।

यस सूचीमा ती प्रसिद्ध व्यक्तिहरूको नाम समावेश गरिएको छ, जसले यहाँबाट स्नातक गरेका वा यहाँ पढाएका र कुनै न कुनै क्षेत्रमा अन्तर्राष्ट्रिय प्रसिद्धि प्राप्त गरेर इतिहासमा आफ्नो नाम सधैंका लागि दर्ता गराएका छन् ।

साथै उक्त सूचीमा बेलायतका २८ जना प्रधानमन्त्री, कम्तिमा ३० जना अन्तर्राष्ट्रिय नेता, ५५ जना नोबेल पुरस्कार विजेता र १२० जना ओलम्पिक पदक जित्ने व्यक्तिहरू समावेश छन् ।

इमरान खान सन् २००५ को डिसेम्बर देखि २०१४ को नोभेम्बरसम्म बेलायतको ब्रैडफोर्ड विश्वविद्यालयका कुलपति रहिसकेका छन् ।

पाकिस्तानका पूर्वराजदूत अब्दुल बासित भन्छन्, ‘इमरान खानको मुख्य उद्देश्य चाहिं राजनीतिक बाजी मार्नु हो । उनी आफू जेलमा रहँदा पनि निकै लोकप्रिय रहेको र विश्वको एक उत्कृष्ट विश्वविद्यालयले आफूलाई कुलपति बनाएको तथ्य सबैलाई देखाउन चाहन्छन् ।’

त्यसक्रममा उनले सो विश्वविद्यालयमा इन्स्टिच्युट अफ क्यान्सर थेराप्युटिक्सको जग राखेका थिए । इमरान खान पश्चात् विश्वविद्यालयका कुलपति रहेका प्राध्यापक ब्रायन क्यान्टरले भनेका थिए, ‘उनी विश्वविद्यालयका लागि एक अद्भुत राजदूत तथा हाम्रा विद्यार्थीहरूका लागि एक उत्कृष्ट रोल मोडेल भएका छन्।’

इमरान खानको लागि यो चुनाव किन महत्वपूर्ण छ ?

विश्वविद्यालयमा कुलपति भैसकेको अनुभव, अक्सफोर्ड विश्वविद्यालयसँगको लामो सम्बन्ध, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा जनकल्याणका कामहरूका साथै क्रिकेट जगतमा कमाएको प्रसिद्धिका कारण इमरान खान अक्सफोर्ड विश्वविद्यालयको उपकुलपतिका लागि बलियो उम्मेदवार भएको उनका समर्थकहरुको दाबी छ ।

पाकिस्तानका राजनीतिक विवादहरूमा आधारित पुस्तक ‘पोलिटिकल कन्फ्लिक्ट इन पाकिस्तान’का लेखक प्राध्यापक डा. मोहम्मद वसीमका अनुसार अक्सफोर्डको कुलपति पदलाई एक सम्मानित पद मानिन्छ र विश्वमा ठुलो प्रसिद्धि हासिल गरिसकेका व्यक्तिहरुलाई सो पद प्रदान गरिन्छ ।

उनी भन्छन्, ‘इमरान खानले यसअघि पनि यो पदका लागि दुई–तीनपटक प्रयास गरेका छन्। यस परिप्रेक्ष्यमा यदि उनलाई अक्सफोर्डजस्तो विश्वविद्यालयको कुलपति पद प्राप्त भयो भने त्यसले उनका लागि ठूलो सहानुभूति सिर्जना गर्नेछ।’

उनका अनुसार यदि इमरान खान सो पदमा चयन भए भने उनलाई रोक्नु कुनै पनि सरकारका लागि बेलायत विरोधी कदम मानिनेछ । त्यसैले पाकिस्तानबाट इज्जतसाथ निस्किन उनका लागि यो राम्रो अवसर हुनेछ ।

पाकिस्तानका पूर्वविदेश सचिव शमशाद अहमद खानका अनुसार यदि पाकिस्तान सरकारले इमरान खानको चयनपछि पनि उनलाई रोक्ने प्रयास गर्‍यो र उनलाई देश बाहिर जान दिएन भने यसले कूटनीतिक जटिलताहरू उत्पन्न गर्न सक्छ ।

तर डा. वसीम यस रायसँग सहमत छैनन् । उनका अनुसार पाकिस्तान र बेलायतले कहिल्यै पनि एकअर्काका आन्तरिक मामिलाहरूका कारण कूटनीतिक सम्बन्धहरूलाई प्रभावित हुन दिने छैनन् ।

यसअघि अमेरिका र बेलायतमामा इमरान खानको रिहाइको बारेमा प्रस्ताव पास भएतापनि त्यसले उनीहरुको कूटनीतिक सम्बन्धहरूमा कुनै असर पारेको छैन ।

पाकिस्तानका पूर्वराजदूत अब्दुल बासित भने इमरान खान अक्सफोर्डको उपकुलपतिमा निर्वाचित भए पनि उनी हाल जेलमा रहेको र धेरैवटा मुद्दाको सामना गर्नुपर्ने भएकाले सो भूमिका निर्वाह गर्नु सहज हुनेछैन ।

उनका अनुसार बेलायतले कुनै राजनीतिक नेता कारण कूटनीतिक सम्बन्धहरूमा असर पर्न दिनेछैन । यद्यपि नागरिक समाज वा जनताको हदसम्म इमरान खानको पक्षमा उभिनु र कुरा गर्नु फरक कुरा हो ।

अब्दुल बासितका अनुसार अमेरिका र बेलायत सहित पश्चिमा देशका सरकारहरूले इमरान खानको गिरफ्तारी र मुद्दाहरूको बारेमा खासै ध्यान दिएका छैनन् ।

उनी भन्छन्, ‘इमरान खानको मुख्य उद्देश्य चाहिं राजनीतिक बाजी मार्नु हो । उनी आफू जेलमा रहँदा पनि निकै लोकप्रिय रहेको र विश्वको एक उत्कृष्ट विश्वविद्यालयले आफूलाई कुलपति बनाएको तथ्य सबैलाई देखाउन चाहन्छन् ।’

बीबीसी

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?