+
+

क्याफेबाट लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १३:१६

१० भदौ, काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका–७ का ३५ वर्षीय पदम लामा छन् ।

पक्राउ परेका मध्ये महर्जन र राजबंशी क्याफे सञ्चालक रहेको उनले बताए । लागु औषध सेवन गरेको आरोपमा यसअघि पक्राउ परेका एक व्यक्तिले दिएको सूचनाका आधारमा उक्त क्याफेबाट लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई महालक्ष्मी–१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफेटबा आइतबार साँझ साढे ५ बजेतिर जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।

उनीहरुबाट ट्रामाडोल ७० पत्ता र खुकुरी बरामद गरिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?