+
+

शुक्रबारदेखि काठमाडौंमा थाई फिल्म फेस्टिभल

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १३:३९

काठमाडौं । भदौ १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ को आयोजना हुने भएको छ । नेपालस्थित थाई दूतावासले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी दिएको हो ।

नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ वर्ष पूरा भएको अवसरमा फेस्टिभल आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा थाई राजदूत सुवापोंग सिरिसोनेले बताए ।

क्यूएफएक्सको छाया हलमा आयोजना हुने फेस्टिभलमा कुल ६ फिल्म देखाइने भएको छ । फेस्टिभलको ओपनिङ फिल्मको रुपमा समकालीन थाई समाजको वास्तविक कथामा आधारित फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्ड्मा डाइज’ छ ।

व्यावसायिक सेफ बन्ने सपना बोकेकी २६ वर्षीया महिलाको संघर्षमा आधारित फिल्म ‘प्याड थाई द मुभी’, गे पुरुषको रोमान्समा आधारित फिल्म ‘टुगेदर द मुभी’, अन्य फिल्महरु ‘अन्डरटेकर’, ‘ड्रिम अ लिटल ड्रिम’, ‘ब्रोकन सोर्ड हिरो’ छन् ।

यी फिल्म नेपाली दर्शकलाई समेत रुचिकर हुने आशा राजदूत सिरिसोनेले व्यक्त गरे । ‘लामो समयदेखिको नेपाल र थाइल्याण्डबीचको मित्रतालाई मनाउन र फिल्मको विश्वव्यापी भाषा मार्फत नेपाली जनतालाई जोड्न थाई दूतावासले नेपालमा फेस्टिभल गर्न लागेको हो,’ राजदूतले भने ।

फेस्टिभलमा देखाइन लागिएका फिल्ममा ड्रामा, कमेडी, रोमान्स, हरर र थाइल्याण्डको मार्सल आर्ट्समा आधारित मुवय थाईका फिल्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?