+
+

३० वर्ष सेवा अवधिअनुसार अवकाशमा नपठाउन भन्दै प्रहरी हेडक्वाटरको सर्कुलर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १३:५०

१० भदौ, काठमाडौं। ३० वर्षे सेवा अवधि अनुसार अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्न भन्दै प्रहरीप्रधान कार्यालयले सर्कुलर गरेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले पत्राचार गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार ३० वर्षे कार्यान्वयन नगर्न भन्दै पत्राचार गरेको हो ।

विभागका प्रमुख तथा एआईजी भीम ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘…सर्वोच्च अदालतबाट ६ भदौमा जारी भएको अन्तरिम आदेश प्रहरी प्रधान कार्यालय, महानिरीक्षकको सचिवालय कानून शाखाको पत्र यस विभागमा प्राप्त भएको छ ।’

प्रहरी नियमावलीको नियम १२७ मा उल्लेखित अनिवार्य अवकशका प्रावधानहरु मध्ये ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश हुने प्रहरी कर्मचारीहरुसँग सम्बन्धीत विषयमा अदालतको अन्तरिम आदेश बमोजिम कार्य गर्नु÷गराउनु हुन अनुरोध गरिएको छ ।

३० वर्षे सेवा अवधिका कारण यही भदौ १६ मा अनिवार्य अवकाशमा जान लागेका मध्ये २१ प्रहरी अधिकृतहरुले ३० वर्षे कार्यान्वयन नगराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले ६ भदौमा ३० वर्षे लागु नगर्नु भन्दै अन्तरिम आदेश दिएको थियो । उक्त रिटको पूर्ण सुनुवाइ १० असोजलाई तोकिएको छ ।

सर्वोच्चको यो आदेशले ३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अवकाशमा जान लागेका डीआईजीसहित इन्सपेक्टरसम्म ९० जनाको जागिर लम्बिएको छ ।

३० वर्षे कार्यान्वयन नगर्ने भन्दै सर्वोच्चले अन्तरिम आदेश दिएपछि आइतबार मात्रै सशस्त्र प्रहरी बलकाब डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका छन् ।

उनीहरुले पनि ३० वर्षे लागु गर्न नहुने भन्दै रिट दायर गरेका हुन् । उनीहरुको रिट मंगलबारका लागि पेशी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?