+
+

‘स्त्री २’ बन्यो दोस्रो सप्ताहन्तमा धेरै कमाउने फिल्म, ११ दिनमा ४०० करोड भारु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १४:४०

काठमाडौं । श्रद्धा कपुर र राजकुमार रावको फिल्म ‘स्त्री २’ ले भारतमा हलचल मच्चाएको छ । फिल्मको कमाइको गति रोकिने छाँटकाँट छैन । ५० करोड भारुको बजेटमा बनेको हरर कमेडी फिल्म यसअघि नै सर्वकालीन ब्लकबस्टर बनिसकेको छ ।

स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको फिल्मले दोस्रो सप्ताहन्तसम्म ४०० करोड भारु कमाएको छ । यो फिल्म दोस्रो सप्ताहन्तमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म समेत बनेको छ ।

फिल्मले दोस्रो शुक्रबारदेखि आइतबारसम्म भारतभर ९३.८५ करोड कमाएको भारतीय फिल्मका व्यापार विश्लेषक तरण आदर्शले उल्लेख गरेका छन् । उनका अनुसार पहिलो साता ३०७.८० करोड भारु कमाएको फिल्मले दोस्रो साता उक्त कमाइ गरेको हो ।

दोस्रो साताको अन्त्यमा यसले हिन्दीमा सबैभन्दा बढी कमाइ गर्ने कीर्तिमान बनायो । फिल्मले सनी देओलको ‘गदर २’, रणवीर कपुरको ‘एनिमल’, शाहरुख खानको ‘जवान’ र प्रभासको ‘बाहुबली २’ र आमिर खानको ‘दंगल’लाई पनि पछि पारेको छ । अहिलेसम्म दोस्रो साताको सबैभन्दा धेरै कमाइको कीर्तिमान ‘गदर २’ को नाममा थियो, जसले ९० करोड ४७ लाख भारु कमाएको थियो ।

अमर कौशिक निर्देशित फिल्मले पहिलो दिन ‘खेल खेल मै’ र ‘वेद’सँग प्रतिस्पर्धा गर्नुपर्‍यो । पहिलो दिनदेखि नै यो फिल्मले बक्स अफिसमा राज गरेको छ ।

फिल्मले अन्तर्राष्ट्रिय बजारमा समेत तरंग मच्चाइरहेको छ । ११ दिनमा यसले ग्लोबल बक्स अफिसमा ५४० करोडको कुल कलेक्सन गरेको छ । एक-दुई दिनमा यो फिल्म पनि ६०० करोड क्लबमा पुग्ने अनुमान छ । यो फिल्म कहिले एक हजार करोड क्लबमा पुग्छ र कमाइको गति कहाँ रोकिन्छ त्यो हेर्न रोचक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?