+
+

रोपाइँ जात्रा मनाउन रेसुंगामा भोलि सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १४:५३

१० भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।

कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाईं जात्राको अवसर पारेर ११ भदौमा नगरले सार्वजनिक बिदा दिएको हो ।

नगरपालिकाले सूचना जारी गर्दै गत साउन १४ गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार सार्वजनिक बिदा दिएको जनाएको छ ।

रोपाइँ जात्रा कार्यक्रमलाई सफल बनाउन नगरपालिका कार्यालय मातहतका वडा कार्यालय, विद्यालयहरु, स्वास्थ्य संस्थाहरु लगायत यस नगरपालिका मातहतका सम्पूर्ण निकायमा सार्वजनिक विदा दिइएको जारी सूचनामा उल्लेख गरिएको छ ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गुल्मी सदरमुकाम तम्घास बजारमा विभिन्न क्लब, समूह, संघसंस्थाले रोपाइँ जात्रा लगायतका कार्यक्रमहरु गर्ने गर्दछन् । यहाँ वर्षौं पहिलेदेखि कृष्ण जन्माष्टमीको अवसरमा रोपाइँ जात्रा गरेर मनाउने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?