+
+

फोहोर व्यवस्थापनमा नेपाल नेसनल हस्पिटलको लापरबाही

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १५:०४

१० भदौ,काठमाडौं । कलंकीस्थित नेपाल नेसनल हस्पिटलको फोहोर व्यवस्थापन अवस्था खराब देखिएको छ ।

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारदेखि सुरु गरेको अनुगमनमा उत्पादित फोहोर व्यवस्थापनमा चरम लापरबाही देखिएको वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिइन् ।

‘वार्डहरूबाट उत्पादन भएको फोहोर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा चार कोठा छन् । तीमध्ये पहिलो कोठामा सिरिन्ज र बोतल छरपष्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लास्टिकमा पोको पारेर फोहोरहरू राखिएका थिए,’ महर्जनले भनिन् ।

उनका अनुसार फोहोर छुट्याउन पूर्ण असुरक्षित भएर काम गरिरहेको देखिएको छ ।  यसअघि फागुन २०८० मा जोखिमपूर्ण फोहोर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर अस्पतालले प्रतिबद्धता जनाएको थियो ।

१० चैत २०८० मा  महानगरले गरेको अनुगमनमा पनि सुधार नहुँदा अस्पतालले पुनः प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोलीले सुधारको मौका दिएको थियो । यसपछि १६ चैतमा अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी एकदिने तालिम महानगरले दिएको थियो ।

अनुगमन क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले हस्पिटलले संक्रमित फोहर व्यवस्थापनमा चरम लापरबाही गरेको बताइन् । फोहोर संकलन गर्ने ठाउँ नजिकै हस्पिटलमा पार्किङ स्पेस बनाएको उनले बताइन् ।

अस्पताललाई के कारबाही गर्ने भन्ने महानगरले निर्णय गरिसकेको छैन । गत वर्ष महानगरभित्र  ५० अस्पतालको फोहोर व्यवस्थापन अनुगमन भएकोमा व्यवस्थापनको गलत अभ्यास भएका २० को फोहर संकलनमा रोक लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?