+
+

जापानका तीन सहरमा प्रदीप रोदनको गजल साँझ हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १५:०६

काठमाडौं । साहित्यकार मोतीराम भट्टको १५९ औं जन्मजयन्तीको अवसर पारेर जापानका विभिन्न सहरमा गजल साँझ हुने भएको छ । अनेसास जापानको आयोजनामा हुने गजल साँझमा युवा गजलकार प्रदीप रोदनले प्रस्तुति दिने भएका छन् ।

अगस्ट ३१ बाट राजधानी टोकियोको ओकोबूस्थित आरएस आर्ट कोर्ट हाउसबाट गजल साँझको सुरुवात हुनेछ । सेप्टेम्बर ४ मा ओसाकास्थित जिग्री दोहोरी साँझ र सेप्टेम्बर ८ मा नागोया फुसिमीस्थित दैलो रेस्टुरेन्टमा साँझमा कार्यक्रम हुने अनेसास जापानका अध्यक्ष अरुण पौडेलले जानकारी दिए ।

नेपालीहरुबीच आत्मीयताको साँझको रूपमा साहित्यिक मनहरुलाई जोड्न कोसेढुंगा साबित हुने आयोजकको विश्वास छ ।

युवापुस्तामाझ निकै लोकप्रिय गजलकार प्रदीप रोदन सामाजिक, राजनीतिक विकृतिदेखि प्रेम-विछोडका विषयलाई गजल मार्फत प्रस्तुत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?