+
+

महोत्तरीको जंगलमा फेरि मृत फेला परे साँढे

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १५:०३

१० भदौ, जनकपुरधाम । महोत्तरीको गौशाला सम्सी खण्डको जंगलमा फेरि एउटा साँढे मृत र अर्को अचेत अवस्थामा फेला परेका छन् ।  आज बिहान गौशाला नगरपालिका १ सडक सडक छेउको जंगलमा साँढे मृत र अर्को अचेत फेला परेको स्थानीयले बताएका छन् ।

कसैले गाडीमा ल्याएर फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित बसही खोला किनारमा एउटा साँढे मृत र अर्को अचेत फेला परेको थियो ।

ती साँढेहरु जाकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले मरणासन्न हुने गरी कुटपिट तथा अचेत बनाइ टिपरमा हालेर फालेको सीसीटीभी फुटेजमा देखिएको थियो । चार दिनअघि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पनि दुईवटा साँढे अचेत फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?