
१० भदौ, जनकपुरधाम । महोत्तरीको गौशाला सम्सी खण्डको जंगलमा फेरि एउटा साँढे मृत र अर्को अचेत अवस्थामा फेला परेका छन् । आज बिहान गौशाला नगरपालिका १ सडक सडक छेउको जंगलमा साँढे मृत र अर्को अचेत फेला परेको स्थानीयले बताएका छन् ।
कसैले गाडीमा ल्याएर फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । आइतबार बिहान धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित बसही खोला किनारमा एउटा साँढे मृत र अर्को अचेत फेला परेको थियो ।
ती साँढेहरु जाकपुरधाम उपमहानगरपालिकाका नगर प्रहरीले मरणासन्न हुने गरी कुटपिट तथा अचेत बनाइ टिपरमा हालेर फालेको सीसीटीभी फुटेजमा देखिएको थियो । चार दिनअघि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा पनि दुईवटा साँढे अचेत फेला परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4