+
+

रौतहटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १६:३२

१० भदौ, रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकामा टाटा सुमो र मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमाहानगरपालिका–१५ बस्‍ने तुलसी ओझा र मोरङ्गको सुन्दरहरैचा नगरपालिका–११ बस्‍ने विवश बास्कोटा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए । उनीहरूको घटनास्थलमै मृत्यु भएको डिएसपी राइले बताए ।

उनका अनुसार चन्द्रपुर नगरपालिका वडा-४ स्थित पूर्वपश्चीम राजमार्गको धन्सार पुल नजिकै पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको टाटा सुमो र पुर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल एक आपसमा ठोकिएको थियो ।

दुर्घटना पश्चात प्रहरीले टाटा सुमो नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?