+
+

हेटौंडामा ७१ वर्षीया वृद्धा घरमा मृत भेटिइन्, नाति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १६:३५

१० भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-११ पाथिभरा मन्दिर नजिकै बस्ने ७१ वर्षीया ठूलीमाया विश्वकर्मा मृत भेटिएकी छन् । उक्त घटनामा ठूलीमायाका नातिलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज सोमबार बिहान ९:४० बजे ठूलीमायालाई आफ्नै घरमा मृत फेला पारिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । ठूलमायाको दुबै कानबाट रगत बगेको भण्डारीले बताए ।

घरमा उनी र नाति प्रविन विश्वकर्मा बस्दै आएका थिए । प्रहरीले ठूलीमायाको हत्या भएको आशंका नाति प्रविनलाई पक्राउ गरेको डिएसपी भण्डारीले बताए । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?