+
+

बनेपामा आँचलले गरिन् कन्यापूजा, ‘वर एण्ड वधु’ टिमको १ लाख नगद सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १६:४९

काठमाडौं । कृष्ण जन्माष्टमीको अवसरमा सोमबार काभ्रेको बनेपामा आयोजित ‘कन्यापूजा’मा फिल्म ‘वर एण्ड वधु’का कलाकार सहभागी भए । कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, रविन्द्र खड्का, कुसुम शर्मा र बिजु पार्कीले ‘कन्यापूजा’ गरे । ‘कन्यापूजा सनातन गुठी’ले वर्षेनी कृष्ण जन्माष्टमीमा कार्यक्रम आयोजना गर्दै आएको छ ।

सो अवसरमा कलाकारले हजारभन्दा बढी बालिकालाई कापी र खानेकुरा वितरण गरेका थिए । ‘कन्यापूजा’ समारोहमा पहिलो पटक सहभागी हुन पाउँदा निकै खुसी र आनन्द लागेको आँचलले बताइन् ।

एक घण्टा भन्दा बढी समय कन्यालाई कापी र बिस्कुट वितरण गरेकी आँचलले आफू निकै हर्षित भएको अनुभव सुनाइन् । अभिनेता कर्माचार्यले आफूले चार वर्षदेखि निरन्तर रुपमा ‘कन्यापूजा’मा आएर दान गर्ने गरेको अनुभव सुनाए ।

 

भदौ १४ गते अर्थात् शुक्रबारदेखि रिलिज हुन लागेको फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । जानुका थापाको लगानी रहेको फिल्ममा अमित रिजाल कार्यकारी निर्माताको रुपमा छन् । फिल्मको ट्रेलर र गीत-संगीतलाई दर्शकले रुचाएकाले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा निर्माण टिमको छ ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मले प्रेम, रोमान्स, धोका र कमेडीको कथा भन्छ । ‘कन्यापूजा’को अवसरमा फिल्मको निर्माण टिमले एक लाख ११ हजार नगद सहयोग गरेको थियो ।

अन्य तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?