+
+

पाकिस्तानमा चरमपन्थी समूहद्वारा २३ जनाको गोली हानेर हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १७:०३

१० भदौ, काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ ।

पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् ।

‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त नजीब कक्कडले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘उनीहरुले पञ्जाबबाट आएका मानिसहरु पहिचान गरे र गोली हाने ।’

यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ र हत्या गरिएकाहरुको शव संकलन गरेर अस्पताल ल्याउँदैछ ।

पछिल्लो २४ घण्टामा प्रहरी चौकी, सुरक्षा बलको शिविरका साथै सरकारी कार्यालयमा समेत आक्रमण भएको छ ।

मुसाखोल जिल्लामा भएको आक्रमणको चरमपन्थी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले जिम्मा लिएको छ ।

अधिकारीहरुका अनुसार यो घटनापछि जवाफ कारबाहीका क्रममा १२ चरमपन्थी पनि मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?