+
+

अष्टिम्की चित्रकला र राधा-कृष्ण बनेका थारू युवायुवती (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ भदौ १० गते १८:०८

१० भदौ, काठमाडौं। आज कृष्ण जन्माष्टमी । देशभर कृष्ण मन्दिरमा जन्माष्टमी मनाइरहँदा भने पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका महिलाहरुले यही पर्वलाई आफ्नो मौलिक तरिकाले मनाइरहेका छन् । थारू महिलाहरूले यो पर्वलाई अष्टिम्की नाम दिएर मनाइरहेका छन् ।

काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बान्क्वेटमा विशेष कार्यक्रमको आयोजना गरेर थारु समुदायका महिलाहरुले अष्टिम्की पर्व आयोजना गरेका छन् ।

अष्टिम्की मूल आयोजक समितिले आयोजना गरेको उक्त पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेका छन् । साथै अष्टिम्कीको चित्रकला पनि राखिएको छ। स्टेज अगाडि राखिएको उक्त चित्रमा कलाकारले प्रकृतिमा भएका रङ्गहरू पोतिरहेका छन् ।

अष्टिम्की पर्वमा विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को दीर्घायूको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्‍ने गरेका छन् ।

 

अष्टिम्की पर्व मनाउन आएका थारू युवायुवतीहरू भने कोही राधा बनेकी छन् भने कोही कन्हा अर्थात कृष्ण बनेर आएका छन् । उनीहरूले हल बाहिर आ-आफ्नो समूह बनाएर तस्वीर खिचाइरहेका छन् ।

यता, हलभित्र भने अष्टिम्कीको बारेमा थारू अगुवाहरू(नेता, कलाकार, बुद्धिजीवी, पत्रकार, अधिवक्तालगायत)ले आ-आफ्नो धारणा राखिरहेका छन् ।

अनलाइनखबरका फोटो पत्रकार आर्यन धिमालले केही तस्वीरहरू आफ्नो क्यामेरामा कैद गरेका छन् ।  

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?