+
+

समाज कल्याण शिक्षा पुरस्कारको लागि आवेदन माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १७:४५

१० भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समाज कल्याण शिक्षा पुरस्कारको लागि आवेदन माग गरेको छ ।

मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा वितरण गर्दै आएको पुरस्कारको लागि आवेदन माग गरेको हो ।

मन्त्रालयले सडक बालबालिका, एचआईभी एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय, बालबालिकालाई पालन पोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्ति वा संघ संस्था (प्रचलित कानुन अनुसार दर्ता भएका) हरुलाई आवेदन दिन अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै तोकिएको मापदण्ड पुगेका निजी तथा सहकारी संघसंस्थाहरुले २० भदौभित्र आवेदन दिन सक्ने जनाएको छ ।

सरकारले गत वर्षदेखि अनिवार्य तथा निशुल्क शिक्षा ऐन–२०७५ जारी भएको दिन २ असोजमा राष्ट्रिय शिक्षा दिवस मनाउन सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?