+
+

एकीकृत समाजवादीमा पदाधिकारी चुन्न चुनावको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १७:५०

१० भदौ, काठमाडौं । एकीकृत समाजवादीमा पदाधिकारी चयनका लागि चुनाव गर्ने तयारी भएको छ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले नै चुनाव गर्ने तयारीबारे जानकारी गराएका हुन् ।

यद्यपि अन्तिमसम्म सहमतिको प्रयास हुने उनले बताएका छन् । आइतबार सुरुमै बोलेका झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका थिए ।

तर आकांक्षी धेरै भएकाले सहमति सजिलो छैन । ‘निर्वाचन कार्यक्रम प्रकाशित गर्ने तयारी भइरहेको छ’, नेता जगन्नाथ खतिवडाले भने, ‘भोलि चुनाव हुन्छ ।’

एकीकृत समाजवादीको महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्ष र घनश्याम भुसाललाई महासचिव चयन गरेको थियो । दुई पटक गरेर केन्द्रीय कमिटीलाई पूर्णता दिएका नेताहरुले अझैसम्म पदाधिकारी चयन गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?