+

साफ यू–२० च्याम्पियनसिपको फाइनल पनि दशरथ रंगशालामा नहुने

२०८१ भदौ  १० गते १८:५१ २०८१ भदौ १० गते १८:५१
साफ यू–२० च्याम्पियनसिपको फाइनल पनि दशरथ रंगशालामा नहुने

१० भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल पनि सातदोबाटोमै हुने भएको छ ।

उपाधिका लागि पर्सि नेपाल र बंगलादेशबीच खेल हुनेछ । सोमबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै बंगलादेशले नेपालसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको सेमिफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । फाइनल भने दशरथ रंगशाला, त्रिपुरेश्वरमा गर्ने तय भएको थियो ।

तर लगातार पानी परेकाले म्याच कमिसनर र रेफ्रीहरुले रंगशालामा खेल नगर्ने निर्णय गरेका छन् । सातदोबाटोमा हुने खेल ३० मिनेट पहिला अर्थात २ बजेर ३० मिनेटमा नै सुरु हुनेछ ।

यु-२० साफ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय