+
+

नेपालका लागि पूर्वअमेरिकी राजदूत माइकलको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते १८:५६

१० भदौ, काठमाडौं । सन् २००१ देखि २००४ सम्म नेपालका लागि अमेरिकी राजदूत रहेका माइकल मलिनोस्कीको निधन भएको छ ।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । ‘उनको प्रतिबद्धता र सेवाले नेपालमा अमेरिकी मिसनमाथि महत्वपूर्ण र स्थायी प्रभाव पारेको छ’, थम्पसनले भनेका छन् ।

मलिनोस्कीले अमेरिकाको विदेश मिसन अन्तरगत पिलिपिन्स, अफगानिस्तान, मेक्सिको लगायतका ठाउँमा पनि काम गरेका थिए । उनी काठमाडौं र पेशावरमा गरेको कामका कारण ‘सुपेरियर अनर अवार्ड’बाट पुरस्कृत समेत भएका थिए ।

कुटनीतिक सेवा थाल्नुअघि उनी शिक्षक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?