+
+

अष्टिम्कीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ १० गते २०:०८

१० भदौ, काठमाडौं। थारु समुदायका अगुवाहरूले अष्टिम्कीलाई राष्ट्रिय पर्व घोषणा गर्न माग गरेका छन् । सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बान्क्वेटमा आयोजित विशेष कार्यक्रममा थारू अगुवाहरूले सरकारसँग राष्ट्रिय पर्व घोषणा गर्न माग गरेका हुन् ।

कार्यक्रममा अधिवक्ता गीता चौधरीले थारू महिलाहरुको मौलिक पर्व अष्टिम्की रहेकाले सकारले राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नु पर्नेमा माग गरिन् । उनले भनिन्, ‘ राज्‍यले थारूको चाडपर्वलाई राष्ट्रिय रुपमा किन घोषणा गर्न चाँदैन ? म सरकारसँग अष्टिम्कीलाई राष्ट्रिय पर्वको रुपमा घोषणाको माग गर्दछु।’

यस्तै बर्दियाली थारू विकास मञ्‍चका अध्यक्ष एवंम अष्टिम्की मूल आयोजक समितिका सदस्य सिताराम थारूले राज्‍य थारुको संस्कृति र पहिचानलाई आदिमकाल देखी बेवास्ता गरेको छ ।

उनले भने, ‘थारुले खोजेको बिकास भनेको पहिचान सहितको समृद्धि विकास हो । राज्यले थारुको संस्कृति र पहिचानलाई आदिमकाल देखी बेवास्ता गरेको छ ।’

यस्तै नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले अष्टिम्की पार्टी प्यालेसमा मात्रै सीमित नभएर सार्वजनिक ठाउँमा गर्नसक्‍ने वातारण बनाउन मन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने, ‘मैले माननीय राज्‍यमन्त्रीज्‍यूको ध्यानाकर्षण गराए की अब अष्टिम्की राष्ट्रिय पर्वको रुपमा पार्टी प्यालेसमा मात्र होइन सार्वजनिक ठाउँमा गर्न पाइयोस्। देशमा थारू संस्कृतिको जगेर्ना गर्नु जरूरी छ।’

यस्तै अष्टिम्की मूल आयोजक समितिका सल्लाहकार शिवशक्ति थारूले संस्कृति माथिको आक्रमणलाई रोक्‍नु पर्नेमा जोड दिए । ‘थारूको संस्कृति, कला र सम्पदामाथि आक्रमण रोक्नुपर्छ,’ उनले भने, ‘यही स्थिति रहे थारूको सम्पदा मासिन्छ र पहिचान नै मेटिने खरता हुन्छ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा राज्‍यमन्त्री अरूणकुमार चौधरीले आफूले थारू संस्कृति जोगाउन सक्दो पहल गर्ने बताए । उनले भने, ‘ मैले मेरो ठाउँबाट थारू संस्कृतिलाई जोगाउन लागि पर्नेछु। थारू सम्पदाहरूलाई आक्रमण हुनबाट म मन्त्रीकोतर्फबाट पहल गर्नेछु।’

दुई दिनसम्म मनाइने यो पर्वमा महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा गर्छन् । अष्टिम्की पर्वमा विवाहिता महिलाहरू आफ्नो श्रीमान‌को दीर्घायूको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्‍ने गरेको उनको भनाइ छ ।

अष्टिम्की पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?