+
+

युक्रेनका ऊर्जा पूर्वाधारमा रुसको आक्रमण, ७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते ७:२७

११ भदौ, काठमाडौं । रुसले युक्रेनमा मिसाइल र ड्रोनमार्फत् आक्रमण गर्दा कम्तिमा ७ जनाको मृत्यु भएको छ ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले एक सयभन्दा बढी ड्रोन र मिसाइलबाट आक्रमण गरेको बताएका छन् । रुसले कियभ, खारकिभ, ओडेसा र पश्चिमी क्षेत्रमा आक्रमण गरेको हो ।

युक्रेनका प्रधानमन्त्री डेनिस शमिशालले पनि देशका १५ क्षेत्रका शहरहरुमा विष्फोट भएको बताएका छन् । साथै रुसले युक्रेनको ऊर्जा पूर्वाधारमा पनि आक्रमण गरेको उनले जानकारी दिएका छन् ।

रुसको आक्रमणपछि युक्रेनमा रेड अलर्ट जारी गरिएको छ ।

युक्रेनी सेना रुसको कुर्स्क क्षेत्रका विभिन्न स्थानमा प्रवेश गरेपछि रुसले आक्रमण तीव्र पारेको बीबीसीले जनाएको छ ।

रुस र युक्रेनबीच साढे दुई वर्षदेखि जारी लडाइँ जारी छ । भूमि विवाद चर्किएपछि रुसले युक्रेनमा २४ फेब्रुअरी सन् २०२२ देखि आक्रमण सुरु गरेको थियो ।

गत सोमबार रुसले जलविद्युत आयोजनालगायतका ऊर्जा पूर्वाधारका क्षेत्रमा आक्रमण गरेर क्षति पुर्याएको युक्रेनको विदेश मन्त्रालयका अधिकारी एन्ड्री सिबिहाले सामाजिक सन्जाल एक्समा लेखेका छन् । उनका अनुसार यो आक्रमणमा मानवीय क्षति पनि भएको छ ।

बीबीसीका अनुसार रुसले उत्तरपश्चिमको रिब्ने र बोलिनदेखि लिएर दक्षिण-पूर्वको जापोरिज्जासम्मको क्षेत्रमा आक्रमण गरेको छ । आक्रमणबाट राजधानी कियभको एक जलविद्युत आयोजनाको बाँधमा क्षति पुगेको छ ।

यसैगरी एउटा विद्युत् सबस्टेसन र तीन वटा ग्याँस कम्प्रेसर स्टेसनमा पनि क्षति पुगेको छ । आक्रमणपछि युक्रेनको राजधानी कियभसहित विभिन्न स्थानमा बिजुली र पानीको आपूर्ति बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?