+
+

आज प्रतिनिधि सभामा मन्त्री-सांसद प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ ११ गते ७:३७

११ भदौ, काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो एक बजे बस्दै छ ।

आजको बैठकमा सांसद-मन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

संसदको कार्यसूची अनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा तथा सिंचाइ मन्त्रालयसम्बन्धी प्रश्नको मन्त्रीले जवाफ दिनेछन् ।

यसका साथै आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले धितोपत्र बोर्डसम्बन्धी पहिलो संशोधन विधेयक २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन् ।

यसपछि भने पूर्वराज्यमन्त्री रामचन्द्र रायको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?